सहकारी पीडितहरूले चैत १ गतेदेखि आन्दोलनमा उत्रिदै

-


     हिडन खबर    
     फागुन २८ गते २०८० मा प्रकाशित


बागलुङ / लाखौं बचत कर्ताहरूले सहकारीमा जम्मा गरेको रकम अवचलन गरेर सहकारीका संचालक फरार भएपछि सहकारी पीडितहरू आफ्नो बचत रकम फिर्ता गराउन पुन आन्दोलनमा उत्रिन लागेका छन् ।

सरकारले चैत मसान्तसम्म बचत कर्ताले जम्मा गरेको रकम फिर्ता गर्ने लिखित सहमति लागु नहुने भएपछि यहीँ चैत १ गतेदेखि राजधानी केन्द्रीय आन्दोलन शुरू गर्ने भएका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले
आन्दोलनको लागि राजधानीमा घर दैलाे अभियान गरेर
सबै सहकारी पीडितहरूलाइ चैत १ गतेदेखि हुने आन्दोलनमा उत्रिन आव्हान गरेको संघर्ष समितिका अध्यक्ष कुशलव केसीले बताए ।

देशभरका करिव ३ सय वटा सहकारी संस्थाबाट पीडित लाखौं बचतकर्ताहरू महासंघमा आबद्ध भइ आफ्नो बचत रकम फिर्ता गराउन सरकारलाई दवाब दिन आन्दोलनमा जाने भएका छन् ।

बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्था अध्यक्ष देवकुमार नेपाली बाट पीडित बनेका सहकारी पीडितहरूले
पटकपटक आन्दोलन गरेपनि अहिलेसम्म संस्थापक नेपाली
सम्पर्कमा नआएपछि चैत १ गतेदेखि हुने आन्दोलनमा भाग लिन काठमाडौ जाने भएका छन् ।