
बागलुङ ।शिव रात्री पर्वको दिन बागलुङको प्रसिद्ध शिव मन्दिरहरूमा भक्तजनहरूकाे घुइँचो लागेको छ ।
बागलुङ नगरपालिका वडा ४ गाैरीधाममा बिहान देखि नै भगवान शिवको पुजा अर्चना गर्ने भक्तजनकाे घुइँचो लागेको छ ।
शुक्रबार बिहान देखि हिन्दु धर्मावलम्बीहरू लाइनमा बसेर पुजा गरिरहेकाे शिव रात्रीमा भगवान शिवको पुजा गरे आफ्नो मनाेकांक्षा पुरा हुने जन बिश्वास रहेको धार्मिक पर्यटक बताउँछन् ।
गाैरीधाम मन्दिर ब्यबस्थापन समितिले मन्दिरमा पुजा गर्न सहज हाेस भनेर नेपाल प्रहरी र स्थानीय स्वंयसेवक समेत परिचालन गरेकाे मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीले बताए ।
मन्दिरमा बढी भन्दा बढी धार्मिक पर्यटक भित्र्याउन बागलुङको गाैरीधाम मन्दिर क्षेत्र बाट पर्वत नाग्लिबाङ जाेड्ने बिश्व कै दाेस्राे लामाे झाेलुङ्गेपुल समेत निर्माण गरिसकेको छ ।
बागलुङ जिल्लाकाे काँठेखाेला गाउँ पालिकाकाे बिहुँमा रहेको रामकाेट शिव मन्दिर लगायत बागलुङ जिल्लाकाे विभिन्न शिव मन्दिरमा अाज बिहान देखि नै भगवान शिवको पुजा गर्ने कार्य भइरहेको छ ।शिव रात्रीमा भगवान् शिवको प्रसादकाे रूपमा खाने गाजा भाङ धतुराे खाने प्रचलन समेत रहेको छ ।










