
नेपालीहरूकाे सांस्कृतिक पर्व फागुन पुर्णिामाकाे अबसरसमा बागलुङ जेसिसले मानव सेवा आश्रम बागलुङमा हाेली मिलन कार्यक्रम गरि मनाएको छ ।
जेसीसले रङहरुको पर्व होलीलाई फरक ढङ्गले मनाउने उदेश्यले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण सँगै एकआपसमा रङ लगाएर खुशी साटासाट गरिएको
बागलुङ जेसिसका अध्यक्ष प्रकाश आचार्यले बताउनुभयो ।

कार्यक्रममा बागलुङ जेसिसका पुर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, मानव सेवा आश्रमका संचालिका सुमिरा लामाद्वारा मानवता खडेरी परिरहेको समयमा मानव सेवा आश्रम जस्तो संस्थाले समाजमा परिवार बाट अपहेलित भएका असुरक्षित रहेका ब्यक्तिहरूलाई आश्रय दिन संस्था दैनिक रूपमा चलाउन सबैको सहयोग र सहकार्य जरुरी रहेको धारणा राखिएको थियो ।
जेसिसको तर्फबाट आश्रमका बालबालिकालाई हाेलीकाे टिसर्ट सँगै नगद २ हजार, ५ प्याक चाउचाउ सहित फलफुल सहयोग गरिएको पुर्व अध्यक्ष सुदीप राजभण्डारीले बताउनुभयो ।
बागलुङ जेसिसका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष आनन्द गाैतम र सचिव गणेश महताेकाे संचालनमा सम्पन्न भएको थियो ।










