बिपद् ब्यवस्थापन सचेतिकरण कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     फागुन १९ गते २०८० मा प्रकाशित


बागलुङ / दिपवे फाउन्डेसनको आर्थिक सहयोग,सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङ शाखा तथा भिमापोखरा कल्याण समाज बागलुङको ब्यबस्थापनमा काठेखोला गाउँपालिकाका बिद्यालयका बिद्यार्थी एबम शिक्षकहरुका लागि बिपत ब्यबस्थापन सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जनकल्याण माध्यमिक बिद्यालय भिमापोखरामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता माबि का प्र अ लिलाराम सापकोटाले गर्नुभयको थियो ।भने सन्चालन उक्त बिध्यालयका शिक्षक एबम भिमापोखरा कल्याण समाज बागलुङका सल्लाहकार समितिका सदस्य चन्द्रमणी उपाध्यायले र स्वागत शिक्षक बिक्रम शार्माले गर्नुभयको उक्त कार्यक्रमको प्रमुख अतिथी काठेखोला गापा वार्ड नम्बर २ का अध्यक्ष एबम समाजका सस्थापक सदस्य बिध्यापती शर्मा हुनुहुन्थ्यो ।

कार्यक्रममा फाउन्डेसनका संरक्षक गाैरीशंकर सुबेदी विवाइसीका निबर्तमान अध्यक्ष मनिभद्र शर्मा,समाजका विशिष्ट सदस्य महेन्द्र के सी,कार्यसमिती अध्यक्ष टीका बहादुर कार्की लगायत समाजका आजिबन तथा सस्थापक सदस्यहरुको उल्लेख्य रुपमा उपस्थिती रहेको थियोे ।

कार्यक्रममा जनकल्याण माबि का ९-१२ कक्षाका १०० जना बिध्यार्थीहरुलाइ सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङ शाखाका अध्यक्ष डिल्ली राज उपाध्याय , सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङ साखाका सचिब जिवननाथ शर्माले बिपत ब्यबस्थापन सचेतिकरण सम्बन्धमा सहजिकरण गर्नुभयको थियो ।

उक्त कार्यक्रममा अनुसन्धान समाजको तर्फबाट दिपवे फाउन्डेसनका संरक्षक गौरिशङ्कर सुबेदिलाइ सम्मान गरिनुका साथै हालै आगलागिबाट घर, गोठ तथा धन्सारमा क्षती पुगेका भिमापोखरा स्थित कुथुर्केका कृष्ण प्रसाद कडेल र सिम गहतेका बलिभद्र पौडेललाइ भिमापोखरा कल्याण समाज बागलुङको तर्फबाट रहात स्वरुप रु ५/५ हजार सहयोग प्रदान गरिनुका साथै समाजकै ब्यबस्थापनमा गण्डकी प्रदेश गुल्मको सहयोगमा भिमापोखराका अबिभाबकहरुलाइ बिपतबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा डेमोस्ट्रेसन सहितको सचेतिकरण कार्यक्रम समेत गरिएको थियो ।