हाेमस्टेका पिता स्वर्गिय रूद्रमान गुरूङकाे शालिक अनावरण

-


     हिडन खबर    
     फागुन १५ गते २०८० मा प्रकाशित


बागलुङ / नेपालका होमस्टे पिता स्व.क्यापटेन रुद्रमान गुरुङको शालिक गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले एक समारोहका विच आज अनावरण गर्नु भयो ।

इतिहासको पानामा राम्रो काम गरेकाे हुदा सम्झना स्वरुप शालिक निर्माण भएको थापाले बताए।

उहाँले अर्गानिक खेती गरेर स्थानिय उत्पादन होमस्टेमा प्रयोग गर्नु पर्ने बताउदै पर्यटनको दृष्टिकोणले ज्यादै सम्भावना बोकेको भकुण्डेमा पुर्वाधार विकास गर्नमा सहयोग गर्ने धारणा राख्नु भएको थियो ।

स्याङ्जा जिल्लाको आँधी खोला अवस्थित सिरुवारी गाउँ र बागलुङ जिल्लाको बागलुङ नगरपालिका को भकुण्डे गाउँ विच भगिनी सम्वन्ध समेत कायम भएको छ।

शालिक अनावरण कार्यक्रममा प्रदेश मन्त्री दिपेन्द्र थापा, सविधानसभा सदस्य नर बहादुर थापा मगर,बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त श्रेष्ठ, उप प्रमुख राजु खडका, गण्डकी प्रदेश सरकारको अर्थ सचिव बलराम रिजाल, नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी बागलुङका निवर्तमान सभापति जब्बर बहादुर लामिछाने, सिरुवारी होमस्टे समितिका जितेन्द्र गुरुङ, सिरुवारी होमस्टेका संचालक उर्मिला गुरुङ लगायतका बक्ताहरूले मन्तव्य राख्नुभएको थियो।

भगिनी सम्बन्ध कायम भएकोले पार्कमा व्यवस्थापन गर्नको लागि रु एक लाख आमाको तर्फबाट रकम हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा संस्थापक सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता लाल बहादुर थापा, संचालन उदित थापा मगर र स्वागत मन्तब्य खिम बहादुर थापाले गर्नु भएको थियो । स्व.क्या. रुद्रमान गुरुङ स्मृति पार्कको सस्थापक सदस्य याम बहादुर थापा मगरले जानकारी गराउनुभएकाे थियोे ।