कबिता समाजसेवाको परिभाषा फेरिएको छ

-


     हिडन खबर    
     फागुन १५ गते २०८० मा प्रकाशित


समाजसेवाको परिभाषा फेरिएको छ
समाजसेविको भाषा फेरिएको छ
चिया खाँदै ठुला ठुला समाजसेवा गर्नेहरुको
भिजेका बिरालाहरु जस्तै रवाफ फेरिएको छ।।

दासता मिसिएको समाजसेवा डकार्नेहरुको
नयाँ बिहानि संगै सास फेरिएको छ
समय फेरिई सक्यो मह सफा गरौँ
अरिँगाल लाग्ने घार फेरिएको छ।।

बिना टाउको केहि पाहिला बाँचिरहेछन्
ति केहि साँगलाहरु अझै मच्चिरहेछन्
त्यो सेतो रगत खैरो बन्न केहि पल्कु मात्र छ अब
जबर जस्त धार बाँधेर हिडाईएको नदिको धार फेरिएको छ

प्रविण सापकोटा बागलुङ नगरपालिका ४