
बागलुङ / जिल्ला ट्रफिक प्रहरी कार्यलय मातहत रहेको अस्थाई पोष्ट हटियालाई एक थान प्रिन्टर र एक थान कम्युटर हस्तान्त्रण गरेको छ ।
पौष महिनाबाट गण्डकी प्रदेशको बागलुङ सहितका ७ जिल्लामा सुरु भएको सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजस्वलाई बैंकिङ प्रणालीमा जोडेकोले त्यसको सहजताको लागि प्रिन्टर र कम्युटर सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
ट्राफिक कार्यालय बागलुङले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजस्वलाई बैंकिङ प्रणालीमा जोडेकोले सो सहयोगले सवारी नियम उल्लंघनको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्थालाई सहयोग पुग्ने भएको छ ।
गल्कोटमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत तुल बहादुर विकले जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी नायव निरिक्ष सुमन निउरेलाई प्रिन्टर र कम्युटर हस्तान्त्रण गर्नु भएको थियो ।
प्रहरी प्रधान कार्यालयले ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम ९टिभीआरएस० सफ्टवेयर प्रणालीको विकास गरेर देशभर एकीकृत रुपमा कार्यान्वयनमा ल्याउन लागेको ९टिभीआरएस० प्रणालीको जिल्लामा पौषबाटनै सुरु भएको र अव अस्थाई ट्राफिक प्रहरी पोष्ट हटियाबाट पनि यो सेवा सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका हवलल्दार टिका शर्माले बताउनु भयो ।










