त्रिभुवन बिश्वबिद्धालयकाे उपकुलपतिमा केशरजंग बराल नियुक्त

-


     हिडन खबर    
     फागुन १० गते २०८० मा प्रकाशित


पोखरा । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेकोमा बराल छानिएका हुन् ।

उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए । लामो समयकाे रस्साकस्सी पछि त्रिभुवन बिश्वबिद्धालयमा रिक्त उपकुलपति पाउन सफल भएको छ ।उपकुलपति रिक्त हुदा त्रिभुवन बिश्वबिद्धालयमा धेरै कुरा प्रभावित हुदै आएको थियो ।