
काठमाडौ / प्रधानमन्त्री संग सहकारी पीडितकाे छलफल नभएको भन्दै सहकारी बचत कर्ता राष्ट्रिय अभियानले एक विज्ञप्ति प्रकाशित गरि खबरकाे खण्डन गरेको छ ।
सहकारी बचत कर्ता राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बुधबार एक विज्ञप्ति मार्फत सरकार संग आज सहकारी पीडितहरूकाे कुनै वार्ता छलफल नभएको भन्दै
खबरकाे खण्डन गरेको छ ।
लघुवित्त पीडित र सहकारी पीडित संग बुधबार भेटघाट भएको भनेर आएको खबरमा कुनै सत्यता नभएको हुदा सहकारी पीडितहरूलाइ भ्रमण नपर्न अनुरोध गर्दै आफ्नो आन्दोलन जारी रहेको जनाएको छ ।
सहकारी पीडितलाई चैत मसान्तसम्म बचत गरेको रकम फिर्ता गर्ने सहकारी मन्त्री रन्जिता श्रेष्ठले ७ बुँदे सहमति गरे पनि अहिलेसम्म सहकारी पीडितले बचत फिर्ता गर्ने कुनै लक्ष्यण नभएको भन्दै केही दिनदेखि सहकारी पीडितहरू
सहकारी विभागमा अनिश्चितकालीन धर्नामा बसिरहेका छन् ।











