राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आन्दोलनमा

-


     रमेश लुइँटेल     
     फागुन ९ गते २०८० मा प्रकाशित


काठमाडौ / राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बाट सडक आन्दोलन सुरु गरेको छ । भृकुटीमण्डपबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन , ज्ञानेन्द्र साही रबिन्द्र मिश्र लगायतका अन्य नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रधानमन्त्रीलाई ४० बुदे माग सहित ज्ञापन पत्र बुझाइ आन्दोलनको घाेषणा गरेका हुन् ।

बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्नु भएको थियो ।

राप्रपाले आफ्ना मुद्दाहरू लिएर सङ्घर्ष जाने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन” प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूको सङ्घर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुंगाउन पहल गरिरहेका छौँ, त्यसमा सकारात्मक सहयोग रहोस्। सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस्।”

भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई आफ्नो पार्टीका धारणा राखी ज्ञापनपत्र बुझाएको छ।