
बागलुङ /नेपाल कै पुरानो सामुदायिक पुस्तकालय विद्यामन्दिर पुस्तकालय, बागलुङ-२००३ को ७७औँ स्थापना दिवसको त्रिदिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन (१ फागुन २०८०) मा प्रभातफेरी र बालबालिकाको नि:शुल्क दन्त परीक्षण सम्पन्न ।
प्रभातफेरीमा विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक गुरू/गुरूमाहरू, सामाजिक अगुवा, शिक्षा तथा पुस्तकालयप्रेमी आदरणीय महानुभावहरूकाे सहभागीतामा नगर परिक्रमा गरिएको थियो ।
पुस्तकालयद्वारा संचालित बालबिकास केन्द्र अध्ययनरत बालबालिकाको नि:शुल्क दन्त परीक्षण र उपचारमा प्राविधिक सहयोग अशोक डेन्टल केयर सेन्टरका दन्त चिकित्सक कल्पना लिम्बु र अशोक श्रेष्ठले गर्नु भएको पुस्तकालयका अध्यक्ष राम थापाले बताए ।
२००३ सालमा स्थानीय शिक्षा प्रेमीहरूले समाजमा शैक्षिक तथा सामाजिक जागरण फैलाउने हिसाबले संचालनमा ल्याएकाे पुस्तकालय अहिलेसम्म निरन्तर रूपमा संचालन भइरहेको छ ।


















