
मनको राजा रानी बनौं काख नै स्वर्ग हुने छ प्यारा
तिमी बिनाको आलिसान महल र दरबार चाहिदैन
अब रङ्गाईदेउ सिउदो लगाईदेउ माला तिम्रो नामको
दुनियाँको देखावटी र बनावटी ती शृङ्गगार चाहिदैन
लडेको बेला हात दिनु उठेर तिमी सङ्गै हिड्छु यात्रामा
बस् साथ दिनु जिबन भर बिलासिताका कार चाहिदैन
भान्सामा जे जे हुन्छ मीठो मसिनो तेहि खाई रमाउला
ठुलामा ठुला रेस्टुरेन्टका ती महङ्गा परिकार चाहिदैन
रोज,उपहार र प्रेम सप्ताहको चर्चा जो चलिरहेको छ
मेरो लागि, तिमी माया लिएर आउनु उपहार चाहिदैन ।
कल्पना मगर बागलुङ












