पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

-


     हिडन खबर    
     फागुन १ गते २०८० मा प्रकाशित


पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। 

दुर्घटनाका घाइते र मृतकहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।