
बागलुङ / इमेज बचत तथा ऋण सहकारी संघर्ष समितिले
आज एक विज्ञप्ति प्रकाशित गरि आफुले कवाेल गरेको कुरा ब्यवहारमा उतार्न आग्रह गरेको छ ।
इमेज बचत तथा ऋण सहकारी संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्की र सचिव यमबहादुर पाेखरेले विज्ञप्ति मार्फत देवकुमार नेपालीले माघ १९ गते सार्वजनिक अपिल
बचत पीडित संघर्ष समिति गम्भीर ध्यानाकर्षण भएको शेयर सदस्य र बचत कर्ताकाे रकम फिर्ता गर्नका लागि आफुले भनेअनुसार काम ब्यवहारमा गरेर देखाउन भनीएकाे छ ।
संघर्ष समितिकाे माघ २५ गते बसेकाे बैठकले गरेको निर्णय अनुसार तत्काल सम्पर्कमा आएर आफ्नो इमानदारीता देखाउन भनिएको छ ।
ढाेरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका इमेज सहकारीका तत्कालीन अध्यक्ष देवकुमार नेपालीले पटकपटक सामाजिक संजाल मार्फत सन्देश दिएर बचत कर्ताहरू लाइ अलमलाउने काम गर्दै आएको देखिन्छ ।









