सहकारी पीडित पुन एकपटक सडकमा आउने

-


     राजेशचन्द्र राजभण्डारी     
     माघ २६ गते २०८० मा प्रकाशित


काठमाडौ / देशभरका २७७ वटा सहकारी संस्थाहरूले राजधानीमा बृहत पत्रकार सम्मेलन गरेर सरकारले चैत मसान्तसम्म सहकारी पीडित बचत कर्तालाइ फिर्ता गर्ने प्रतिबद्धता गरेको समय ढल्किन लाग्दा समेत बचत फिर्ता गर्ने छाँटकाँट नदेखिएको भन्दै आक्राेशित हुदै पुन एकपटक बृहत आन्दोलन गर्ने भएको छ ।

सरकार र सहकारी पीडित बचत कर्ता बिच भएको ७ बुँदे सहमति ब्यवहारमा लागु हुने कुनै लक्षण नदेखिएको भन्दै
एकपटक आन्दोलनमा जानु पर्ने सहकारीका संचालकलाइ कठालाे समातेर ल्याउनु पर्ने सहकारी पीडित बचत कर्ताहरूकाे माग रहेको छ ।

सहकारी पीडितहरूले लाज मानेर घर भित्र बसेर समस्या समाधान नहुने हुदा एकपटक निर्णायक आन्दोलनमा जानुपर्ने अबस्थामा सृजना भएको सहकारी बचत कर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुसलव केसीले बताए ।
राजधानीको मुटु माइतीघर मण्डलामा ६३ दिनसम्म आन्दोलन गरेपछि सरकारले सहकारी बचत कर्ताले जम्मा गरेको बचत सुरक्षण काेष मार्फत सरकारले ४० प्रतिशत र बाकी ६० प्रतिशत सहकारीका संचालककाे जायजेथा बिक्रीवितरण गरेर दिने सहमति भएकोमा माघ महिना समाप्त हुन लाग्दा समेत कुनै सुरसार देखिदैन ।

हिजोको दिनमा सरकारले जथाभावी रूपमा सहकारी संस्था दर्ता गर्न दिने तर त्यसको नियमन नियन्त्रण गर्ने निकाय निरीह हुदा आज लाखौं बचत कर्ताहरू बिचल्लीमा परेका छन् ।