गरिमा आवासीय माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

-


     हिडन खबर    
     माघ २५ गते २०८० मा प्रकाशित


बागलुङ / बागलुङ जिल्लामा संस्थागत मध्यको पहिलो गरिमा आवासीय माध्यामिक विद्यालय बानपा २ बागलुङको ४३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

वार्षिक उत्सवको उद्घाटन गर्दै बागलुङ नगर पालिकाका नगर उपप्रमुख राजु खड्काले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्व पूर्ण रहेको बताउनु भयो ।

खड्काले निजी विद्यालयले सामाजिक उत्तर दायित्व बहन गर्न आग्रह गर्दै शुल्कमा एक रूपता ल्याउन नगरले शिक्षा निती बनाउने तयारीमा रहेकोले सुझाव दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, बागलुङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरज वोसेल, एन व्याव्सनका अध्यक्ष नेत्रलाल न्योपाने, प्याव्सनका अध्यक्ष दल थापा, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेश चन्द राजभण्डारी, पूर्व शिक्षक भरत पुरी, आदर्श टोल विकास संस्थाका अध्यक्ष राजकुमार पौडेल, अभिभाव दल बहादुर खड्का क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पूर्व शिक्षक भरत पुरी सम्मान गरिएको थियो भने विद्यालयको परिक्षा र अतिरित्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कुत गरिएको थियो ।

कार्यक्रम विद्यालय संचालक समितिका उपाध्यक्ष श्याम प्रसाद शर्माको अध्यक्षता, कोषाध्यक्ष केदारनाथ पौडेलको स्वागत र विद्यालय संचालक समितिका सचिव गणेश प्रसाद शर्मा तथा सरिता केसीले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ इश्वर बहादुर खड्का क्षेत्रीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगितामा फिउचर ब्राइटर आवासीय माध्यमिक विद्यालय प्रथम, गुँरास विद्या सदन द्धितिय, धौलागिरिआवासीय माध्यमिक विद्यालय तुतिय र आदर्श विद्यामन्दिर आवासीय माध्यमिक विद्यालय शान्त्वना भएका छन् ।

बागलुङका शिक्षासेवी स्वर्गीय राइटर हिरावहादुर खड्काको सहयोगमा ताप्लेजुङबाट आएका सूर्य बहादुर पोमुको एकल नेतृत्वमा २०३७ साल माघ २५ गते श्रीपञचमीको दिन स्थापना भएको तत्कालिन प्रेमसिङ देवी अवसीय माविलाई २०६५ सालमा स्थानीय श्याम प्रसाद शर्मा नेतृत्वको टोलिले नयाँ व्यवस्थापनका साथ संचालन गर्दै आएको छ ।

प्लेग्रुपदेखि कक्षा १२ हुदै बिबिएससम्मका कक्षा संचालन हुर्दैै आएको छ । सृजनशिल अध्यापन र गुणस्तरीय सिकाईका विशेष जोड दिएको यस विद्यालय धेरै विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ ।