
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताउनु भएको छ ।
धौलागिरि अस्पताल बागलुङमा सोमारदेखि सुरु भएको बृहत स्वास्थय शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले कोरोनाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न आवश्यकताको पहिचान गरेको बताउनु भयो ।
तिमिल्सिनाले अस्पतालमा डाक्टर नबस्नुका पछाडि लाखौं रूपैयाँ खर्च गरेर पढेका ब्यक्ति जिल्लामा आउन नचाहेको बताउनु भयो ।
गरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्नसके अस्पतालको खाँचो नहुने धारणा राख्नु भयो ।
देशमा ठूलो राजनीति परिवर्तन भएपनि अझैसम्म कार्यक्रम गर्दा भने पुरानो कर्मकाण्डे प्रवृती कायमै रहेको बताउनु भयो ।
बागलुङ नगरपालिका लगायत छिमेकी जिल्लाका गाउँपालिका जनतालाई स्वास्थ सेवा दिने उदेश्यले स्पेनका बिशेषज्ञ डाक्टर र धौलागिरिका स्त्रीरोग रोग बिशेषज्ञ डाक्टरले स्वास्थ शिविरमा स्वास्थ सेवा दिने कार्यक्रम रहेको छ ।
धौलागिरि अस्पताल बागलुङमा १६ जना बिशेषज्ञ डाक्टरको दरबन्दी भएपनि अहिले एकजना मात्रै बिशेषज्ञ डाक्टर भएको कारणले यश क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिन बेलाबेलामा स्वदेशी तथा बिदेशी डाक्टर ल्याएर शिविर संचालन गर्दै आएको छ । स्वास्थ शिवर सम्पन्न गर्न अन्तर्राष्ट्रिय बागलुङ समाजले सहजीकरण गरेको छ ।









