स्थानीय अबरुद्ध गरेको मध्यपहाडी राजमार्ग सुचारु

-


     हिडन खबर    
     माघ २१ गते २०८० मा प्रकाशित


बागलुङ / नेपाल राष्ट्रिय गाैरवकाे आयोजनाकाे रूपमा रहेको मध्यपहाडी राजमार्ग अन्तर्गत बागलुङको काँठेखाेला
खण्डको सडक बर्षाै बितिसक्दा समेत कालोपत्रे नभएको भन्दै स्थानीय जनप्रतिनिधिले अबरुद्ध गरेको सडक प्रहरी प्रशासनले सुचारु गरेको छ ।

बागलुङको काँठेखाेला गाउँपालिका अन्तर्गतकाे सडक खण्ड ठेकेदार कम्पनी भारत सिद्विसाइ जे.भी कन्ट्रक्सनले २०७३ सालमा निर्माणकार्य जिम्मा लिइ २०८० सालसम्म पटकपटक म्याद थप गरेपनि सडक पिच नभएको भन्दै वडा नम्बर ६ का वडा अध्यक्ष बृहस्पति कडेलकाे नेतृत्वमा
४०/५० जना स्थानीय भेला भइ सडक अबरुद्ध गरेपछि
जिल्ला प्रहरी कार्यालय बागलुङको टाेलीले सडक सुचारु गरेको सुचना अधिकारी मदन केसीले बताए ।

बागलुङको मालढुंगादेखि शुरू हुने मध्यपहाडी राजमार्ग बागलुङ जिल्लाकाे पश्चिम क्षेत्र रूकुम जिल्ला सम्म जाेडिने
सडक खण्ड मध्य बागलुङको काँठेखाेला खण्डको काम सम्पन्न नहुदा हिउँडमा धुलाम्मे बर्षामा हिलाम्मे हुदा स्थानीयले ठूलो सास्ती खेप्न परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।सडक अबरुद्ध हुदा पश्चिम क्षेत्रमा यात्रा गर्ने यात्रुहरू मर्कामा परेका थिए ।