
स्थानीय तहको निर्वाचन आउन झण्डै दुई महिना बाकी रहदा स्थानीय तहको नेतृत्वमा पुग्नका लागि राजनीति पार्टीका नेताहरूको राजनीति डौडधुप र भेटघाट तिब्र हुदै जान थालेको छ ।
बागलुङका ४ वटा नगरपालिका मध्य पश्चिम क्षेत्रको ढोरपाटन नगरपालिकाको नगर प्रमुख बन्न एमालेका ढोरपाटन नगर अध्यक्ष ऋतु वर्ण पौडेल ,एमाले नेता लक्ष्मण पुन आकांक्षी रहेको हिडन खबर लाई बताउनु भयो ।
ढोरपाटन नगरपालिकामा वर्तमान नगर प्रमुख देवकुमार नेपालीले यसपटक नगर प्रमुख पदको लागि आकांक्षी नरहेको हिडन खबर लाई बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस पार्टीबाट यसपटक ढोरपाटन नगरपालिकाको नगर प्रमुख बन्नका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङका उपसभापति सागर छन्त्याल ,नेपाली कांग्रेस गण्डकी प्रदेश सचिवालय सदस्य अर्जुन शेरचन ,नेपाली कांग्रेस प्रदेश क्षेत्र ख का सभापति मेषलाल शर्माले आकांक्षा राखेको हिडन खबर लाई जानकारी प्राप्त भएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी माआेवादी केन्द्रबाट नगर प्रमुख बन्नको लागि प्रदेश सदस्य चन्द्र अर्याललाई यसपटक सर्वसम्मत रूपमा बैठकले सिफारिस गरिसकेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष भीमप्रसाद गाैतमले बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिकाको नगर प्रमुख पदमा पार्टीको तर्फबाट उमेदवारी दिने भएपनि अहिलेसम्म नीतिगत रूपमा कुनै छलफल नभएको हुँदा अहिले नाम सार्वजनिक गर्न नमिल्ने राजमोका एक नेताले हिडन खबर बताउनु भयो ।









