
काठमाडौ / महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अधिवेशन बाट अध्यक्षमा एल बहादुर महर्जन निर्वाचित भएका छन् ।
चन्द्रागिरि नगरपालिका ५, ६ र ७ महादेवस्थानमा विगत १३ वर्षदेखी खानेपानी सेवा वितरण गर्दै आएको समितिका अध्यक्षसहित सबै ११ पदमा पदाधिकारी तथा सदस्यहरू सर्वसम्मन चयन भएका छन् ।
समितिको उपाध्यक्षमा अधिवक्ता पुरुषोत्तम उदास सचिवमा माधव प्रसाद रेग्मी बिना रोकाय कोषाध्यक्ष, नन्द कुमार महर्जन सहसचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।
समितिको सदस्यमा रमेश कुमार रुपाखेती, विवेक ढकाल, भक्तलाल श्रेष्ठ, विष्णुबहादुर महर्जन, यशोधा गाैतम केसी र शोभा ओली सर्वसम्मत भएका छन् ।
संस्थाको पाैष २९ गते सम्पन्न साधारणसभाबाट चुनिएका प्रतिनिधिहरु सहितको बैठकबाट ११ जना पदाधिकारीहरु सर्वसम्मत चुनिएकाे निर्वाचन समिति सदस्य तथा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति महासंघ राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले बताए ।
यसैबीच चन्द्रागिरि नगरकै बृहत खानेपानी आयोजना महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार एक समारोहका बीच उनीहरूले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
चन्द्रागरि नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र महर्जन, वडा नं. ६ का वडाध्यक्ष सञ्जय सिग्देल, वडा नं. का कार्यवाहक अध्यक्ष भुवन केसी, कार्यपालिका सदस्य द्वय उमा थापा र संगीता महर्जन तथा तीन वटै वडाका जनप्रतिनिधिहरूको उपस्थितिमा निर्वाचन समितिका सदस्य त्रय शरद कुँवर, राजेन्द्र अर्याल तथा विरेन्द्र महर्जनले सपथ गराएका थिए ।
खानेपानी समितिका तत्कालीन अध्यक्ष सूर्यनारायण मानन्धरको २०७८ जेठमा निधनभएपछि कार्यवाहक अध्यक्षले काम गर्दै आएका थिए ।खानेपानी ४ हजार ४ सय
उपभोक्ताले उपभाेग गर्दै आएका छन् ।













