
बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार भएका इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार लाइ जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि कारागार चलाउन गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले निसीखोला गाउँपालिका–१ घर रहेकी २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका – ३, धोबीघाटबाट पक्राउ गरि बागलुङ ल्याएकोमा १५ गते अदालतमा पेश गर्दा पुर्पक्षका लागि साेमबार कारागार चलाउन गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए ।
सहकारीका अध्यक्ष देव कुमार नेपाली समेत ८ जना संचालकलाई खोजतलास गर्ने क्रममा सुनारलाई धोबीघाटबाट बिहीबार राति पक्राउ परेको थियो ।
बचतकर्ताको अरबौं रकम हिनामिना गरेको भनि सरिता तिमिल्सिना (कँडेल) ले अध्यक्ष नेपालीसहित ८ जना विरुद्ध मुद्दा दर्ता गरेकी थिइन ।
जिल्ला अदालत, बागलुङले गत जेठ २४ गते अध्यक्ष नेपालीसहित ८ जना संचालकलाई पक्राउ पुर्जी जारी गरेको थियो । इमेज सहकारीका अध्यक्ष नेपालीले १ हजार ५ सय ५० भन्दा धेरै बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरि सपरिवार गत जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए ।
यस अघि नै इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर नेपाली, सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान, कर्मचारी लालमती रोका र अनीता बुढा कारागार चलान भएका छन् ।
सहकारीका अध्यक्ष नेपाली विरुद्ध पीडित बचतकर्ताहरु लामो समयदेखि निरन्तर आन्दोलनमा रहेका छन् ।इमेज बचत तथा ऋण सहकारी संस्थामा पोखरा र बागलुङका बचतकर्ताले राखेको २ अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोप नेपालीमाथि छ। राजनीतिक पहुँचका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरेको पीडितको गुनासो छ।









