वडिगाड गाउँपालिका प्रमुखमा एमालेका ४ आकांक्षी

-


     राजनीतिक व्यूरो     
     फागुन २९ गते २०७८ मा प्रकाशित


स्थानीय तहको निर्वाचन आउन दुई महिना बाकी रहदै गर्दा शहर देखि गाउँ गाउँमा राजनीति भेटघाट पेचिलो ढंगले अगाडि बढ्दै गइरहेको छ ।

बागलुङ जिल्लाको पश्चिम वडिगाड गाउँपालिकाको अध्यक्ष पदको नेतृत्व हात पार्न नेपाल कम्यूनिस्ट पार्टी एमालेका नेताहरू राजनीति भेटघाट गरि आआफ्नो दाबी पेश गर्न थालेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धन गरि गाउँपालिकाको अध्यक्ष बन्न सफल हुनुभएका मेयर सिंह पाइजा यसपटक पनि आफु आकांक्षी रहेको बताउनुभयो ।

यस्तै एमालेका जिल्ला सचिव तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख रहनु भएका बिष्णु भुसाल ,एमालेका शुनिल शेरचन र एमाले प्रदेश कमिटीका सदस्य तिर्थमणि भुसाल गाउँपालिकाको अध्यक्ष पदको लागि आकांक्षी रहेको हिडन खबर लाई बताउनु भयो ।

गत स्थानीय तहको निर्वाचनमा बामपंथी गठबन्धन गरि निर्वाचन लडेको एमाले कुन राजनीतिदल संग के कसरी गठबन्धन गरेर जाने हो भन्ने ठेगान नलागेपनि बैशाख ३० गते निर्वाचन हुने भएपछि त्यसको तयारीमा अगाडि बढेको देखिन्छ ।