
काठमाडौ /सामाजिक रूपमा समाजमा सेवा गर्ने उदेश्यका साथ राजधानीलाइ आफ्नो कर्म क्षेत्र बनाउदै आएका महिला दिदीबहिनीहरूले गठन गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समुहको दशाैं भेला इलिभेट लाउन्ज एण्ड क्लव काठमाडौमा एक कार्यक्रम बिच नयाँ नेतृत्व चयन गरेर सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि चमेलि शाक्य बागलुङ समाजका अध्यक्ष रसुमिला श्रेष्ठ ,धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्य लगायतका बक्ताहरूले बागलुङ समाज कल्याण केन्द्र महिला समूहले छाेटाे समयमा धेरै सकारात्मक काम गरेको हुदा आगामी दिनमा अझै राम्रो काम गरेर जान शुभकामना दिएका थिए ।
कार्यक्रममा समाजका सचिव मन्दिरा श्रेष्ठले प्रगति प्रतिवेदन
सह संयाेजक साेनी श्रेष्ठ आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समाज कल्याणका ब्यक्तित्वहरूलाइ सम्मान गरिएको थियोे ।
आफ्नो गृह जिल्ला बागलुङमा रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत गरिव तथा विपन्न वर्गका बिद्यार्थीलाइ शैक्षिक सामाग्री खुट्टामा जुत्ता न्यानाे कपडा वितरण लगायतका कार्यक्रम हरेक बर्ष गर्दै आएको छ ।समाजले बाढीपीडित लाइ सहयोग दिर्घ राेग लागेर उपचार गर्न नसकेको गरिव विपन्न ब्यक्ति लाइ २५ हजार आर्थिक सहयोग गर्दै आएको छ।बागलुङका जेष्ठ नागरिकलाई सम्मान गर्न १ लाखको अक्षयकोष स्थापना गरि त्यसको ब्याज बाट खर्च गर्ने गरेको समाजका निर्वतमान अध्यक्ष
बिजया लक्ष्मी राजभण्डारीले बताए ।२०६४ सालमा स्थापना भएको समाजका महिला दिदीबहिनीहरूले ७१ लाख ८० हजारको काेष पुगिसकेको छ ।
दशाैं भेलाले साेनी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।सह संयाेजकमा मन्दिरा श्रेष्ठ ,सचिव मन्जु राजभण्डारी ,काेषाध्यक्षमा सैब बिजुक्छे र सदस्यहरूमा कल्पना राजभण्डारी ,सहनशीला शाक्य , निर्मला बडगामी ,संगम भारी ,सृजना हाडा,अमिता श्रेष्ठ ,र सरजला राजभण्डारी चयन भएका छन् ।नयाँ कार्यसमितिकाे कार्यकाल दुई बर्षकाे हुनेछ ।समाजका संयाेजक बिजया लक्ष्मी राजभण्डारीकाे अध्यक्षता भएको कार्यक्रममा स्वागत सह संयाेजक साेनी श्रेष्ठ र सचिव मन्दिरा श्रेष्ठकाे संचालनमा सम्पन्न भएको थियो ।









