हात्तीपाईले राेग निवारणमा सकस १३ औँ पटक औषधी खाँदै बागलुङका जनता

-


     हिडन खबर    
     फागुन २९ गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लामा हात्तीपाइले राेग बिरूद्वकाे अभियान १२ औँ चरण सम्म संचालन गर्दा समेत राेग निवारण नभएपछि १३ औँ चरणको अभियान शुरू गरिएकाे छ ।
हात्तिपाईले रोग विरुद्धको औषधी बढि भन्दा बढि नागरिकलाई सेवन गराउनका लागि विशेष अभियान सञ्चालन गरिएको छ । हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०७८ लाई सफल पार्न हात्ती पाईले रोग विरुद्धको औषधी सेवन कम भएका वडामा विशेष अभियान साथ अगाडि बढ्ने भएको छ ।

नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय स्वास्थ सेवा बिभागले नेपालबाट हात्तीपाइले (फाईलेरिया) राेग निवारण गर्ने उदेश्य साथ अभियान शुरू गरिएको कार्यक्रम १२ पटकसम्म संचालन गर्दासमेत सफल नभएपछि बागलुङ जिल्लामा १३ औँ पटक औषधी खुवाउने कार्यक्रम शुरू गरिएकाे हो ।

हात्तीपाइले राेग बिरूद्वकाे औषधी लगातार ६ बर्षसम्म खाए हात्तीपाइले राेग निवारण हुने मान्यता भएपनि बागलुङ जिल्लामा त्यो नभएको कारण अहिले १३ औँ चरणमा कार्यक्रम सञ्चालन गरिएको स्वास्थ कार्यालय बागलुङका प्रमुख सुरज गुराैले बताउनुभयो ।
“बागलुङ जिल्लाकाे नारायणस्थान र कुश्मीसेरामा हात्ती पाइले राेग निवारण नभएको कारण जिल्लाबासि सबैले अनिवार्य आ‌ैषधी सेवन गर्नुपर्ने, बताउँदै गुरौले भन्नुभयो ” हात्तीपाइले रोग निवारण राष्ट्रिय अभियानमा सबै सहभागी औसधि सेवन गर्नुपर्छ”

हात्ती पाइले राेगकाे आ‌ैषधी खाने ब्यक्तिलाई कार्ड वितरण गरिने कार्ड नहुने ब्यक्तिलाई वडा कार्यालयले सेवा नदिने स्वास्थ कार्यालयका जनस्वास्थ्य निरक्षक लक्ष्मी शर्माले बताए ।

हात्ती पाइले राेगकाे आ‌ैषधी हातमा लिने मात्रै हैन खान जरुरी रहेको हुँदा सबैले यसको सेवन गर्न जरुरी रहेको बागलुङ जिल्लालाई अहिले ठूलो माैका रहेको हुँदा यसपटक यसलाई २ प्रतिशत भन्दा तल झार्न जरुरी रहेको टेकु अस्पताल काठमाडौँका बरिस्ठ जनस्वास्थ्य अधिकृत उत्तम काेइरालाले बताए ।

हात्तीपाइले राेगकाे औषधी खुलाउने कार्यक्रम मध्य बागलुङ जिल्ला २ लाख ९२ हजार ४ सय २५ जनालाइ खुवाउने कार्यक्रम रहेको छ ।

हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कम भएका वडामा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसपटक विशेष योजना सहित वडास्तरमा जान स्वास्थ्य कार्यायले योजना बनाएको छ । अभियानको सफलताका लागि राजनीतिक दल, धर्मगुरु, नागरिक समाजका अगुवा लगायत सबैको साथ आवश्यक भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको ११ जिल्ला मध्य हात्ती पाइले राेग बागलुङ ,पर्वत र लमजुङमा अहिले सम्म निवारण हुन सकेको छैन ।