चैत मसान्तसम्म बचत फिर्ता नहुने भएपछि सहकारी बचतकर्ता पीडितहरू आन्दोलनको तयारीमा

-


     राजेशचन्द्र राजभण्डारी     
     माघ १५ गते २०८० मा प्रकाशित


काठमाडौं /सहकारी संचालकहरू हजारौं बतच कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरि फरार भएको भन्दै २ महिना भन्दा बढी राजधानी केन्द्रीत आन्दोलन गरेपछि सरकार र सहकारी पीडित संघर्ष समिति बिच बचत कर्ताकाे रकम चैत मसान्तसम्म फिर्ता गर्ने सहमति अगाडि बढ्ने छाँटकाँट नदेखेपछि देश भरिका १५० वटा सहकारी पिडित बचत कर्ताका संयोजक सहितको बृहत अन्तरक्रिया कार्यक्रम गरि बचतकर्ताको सामुहिक भेलाले बृहत् आन्दोलन गर्ने निष्कर्षमा पुगेको छ ।      

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको
आयोजनामा कान्ति भैरव पीडित बचतकर्ता संघर्ष समितिकाे ब्यवस्थापनमा राजधानीमा देशभरका १५० वटा सहकारी पीडित बचतकर्ताकाे बृहत् भेला गरि सरकार र सहकारी पीडित संघर्ष समिति बिच भएको ७ बुँदे सहमति
अलपत्र पर्न लागेको भन्दै पुन एकपटक बृहत् आन्दोलन गर्ने निष्कर्षमा पुगेको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानकाे आयोजनामा देशभरिका बचतकर्ता पीडित संयाेजक सहितको बृहत अन्तरक्रिया गरि बचत कर्ताकाे रकम फिर्ता हुने १ प्रतिशत पनि संभावना नभएको कारणले अब लाखौं बचत कर्ताहरू सडकमा उत्रिएर आन्दोलन गर्नुको विकल्प नभएको सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका महासचिव अधिबक्ता राजेश कुमार बिष्टले बताए ।

बिश्वासकाे आधारमा सहकारी बचत गरेको अहिले सहकारी का संचालकले बैइमान गरेर रकम फिर्ता नगरेपछि उजुरी दिनु परेको आन्दोलनमा जानुपर्ने बाध्यता आफ्नो बचत फिर्ता गराउन मर्न पनि तयार भएको सहकारी पीडितकाे भनाइ छ ।

आन्दोलनको दाैरानमा सहकारी पीडितहरूले सहकारी पीडितकाे संस्था खडा गर्न पाएकाे अहिले देशभर लाखौं जनता सहकारी बाट पीडित भएको हुदा अव आन्दोलन भन्दा अर्को विकल्प नभएको पीडितको भनाइ ।

सरकारले सहकारी संस्थालाई हलुका रूपमा दर्ता गर्न दिने यसको नियमन अनुगमन गर्ने निकाय फितलो भएको कारणले आज लाखौं बचतकर्ताहरू सहकारी संस्थाका संचालक बाट ठगिएका छन् ।

देशको अर्थतन्त्रको तेस्रो खम्वाकाे रूपमा प्रचार गरिएको सहकारी संस्थाहरू हरेक दिन सहकारीका बचतकर्ताकाे बचत रकम अवचलन गरेर फरार हुदै गर्दासमेत राज्यका निकायहरू निरीह बन्दै गइरहेको छ ।

आफ्नो सन्ततिकाे आफ्नो भबिस्यकाे लागि भनेर बिहानबेलुकाकाे छाक काटेर जम्मा गरेको रकम फटाफट संचालकहरूले कुम्लाएर भागेपछि सहकारीका बचतकर्ता यतिबेला मर्नु न बाच्नुकाे अवस्थामा पुगिसकेका छन् ।सरकारले सहकारी पीडित संघर्ष समिति संग ७ बुँदे लिखित सहमति गरी २०८० चैतमसान्त सम्म बचत फिर्ता गर्ने भनिएको म्याद नजिकै आउदा समेत बचत फिर्ता हुने कुनै लक्ष्यण भने देखिएको छैन ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पर्ख र हेर काे निति अनुसार सरकारलाई दवाब दिने राजधानी केन्द्रीत आन्दोलन गर्ने तयारी पनि संगसंगै गरेको छ ।