
बागलुङ / साताैं बागलुङ महाेत्सवकाे एघारौं दिन प्रहरीले नागरिक माथि लाठीचार्ज गरेको घटनाको भिडियो र फाेटाे खिचेको भन्दै पत्रकार विजय रानामाथि कुटपिट गर्ने प्रहरी नायव निरीक्षक अनुप केसी क्षेत्रीलाई प्रहरीले विभागीय कारबाही गरेको छ ।
कारबाही स्वरुप केसी आजै रमाना भएर गण्डकी प्रदेश प्रहरी कार्यालयमा जगेडामा गएकाे नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव सृजना पन्तले बताए।
पत्रकार रानामाथि कुटपिट गरेकोमा गल्ती महसुस गर्दै प्रहरी नायव निरीक्षक केसीले रानासंग माफी मागेकाे र आगामी दिनमा यस खालको कुनै पनि गल्ती नदोहोराउने प्रतिवद्धता जनाएकाे महासंघले जनाएको छ ।
राना माथि कुटपिट भएको घटनाको बिषयमा झण्डै दर्जन जति बैठक र छलफलहरु भएकाे ती सबैमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले उक्त घटनामा गल्ती कमजोरी भएको स्वीकार्दै माफी मागेकाे जनाएको छ ।
पत्रकार रानामाथि भएको घटनाको बिषयमा सराेकारवाला माथि कार्वाही भएको कारणले न्यायको लागि अदालत जाने लगायतका सम्पुर्ण आन्दोलनका कार्यक्रम समेत स्थगित गरेको छ ।









