बागलुङ जैमिनीबाट अवैध हतियार सहित ५ जना पक्राउ

-


     हिडन संवाददाता     
     माघ ७ गते २०८० मा प्रकाशित


बागलुङ / जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध हतियार एक थान सहित ५ जना ब्यक्ति लाइ जैमिनी नगरपालीका वडा नम्बर ८ काे गाइथुने भुनुवा सामुदायिक वन बाट पक्राउ गरेकाे छ ।
यहीँ माघ ४ गते सामुदायिक बनमा शिकार खेल्न गएको बेला एक थान एकनाल भरूवा बन्दुक सहित त्यसमा प्रयोग हुने वारूदकाे धुलाे र ट्रच लाइट दुइ थान सहित बाँके जिल्ला राप्ती साेनारी गाउँ पालिका ५ का ३४ बर्षिय बिष्णु बहादुर कुमाल , ४१ बर्षिय रामबहादुर कुमाल ,३० बर्षिय बुद्वि कुमाल २४ बर्षिय सुनिल कुमाल ,र बागलुङ जिल्ला जैमिनी ८ का २४ बर्षिय तुल बहादुर नेपाली लाइ पक्राउ गरि ७ गते जिल्ला अदालत बागलुङमा पेश गरि म्याद थप गरेर थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए ।