बागलुङमा मानसिक स्वास्थ शिविर सम्पन्न

-


     राजेशचन्द्र राजभण्डारी    
     फागुन २८ गते २०७८ मा प्रकाशित


जिल्लामा मानसिक समस्या भएका ब्यक्तिहरूको उपचार गर्ने उदेश्यले बागलुङ सदरमुकाममा एकदिने मानसिक स्वास्थ शिविर सम्पन्न भएको छ ।

बागलुङ र म्याग्दीमा बढ्दै गइरहेको मानसिक समस्या लाई न्युनिकरण गर्न निशुल्क स्वास्थ शिविर आयोजना गरेको लिड्स नेपालका परियोजना प्रमुख पदम श्रेष्ठले बताए ।

संरक्षक समाज बागलुङको आयोजना, लिड्स नेपाल र धौलागिरि अस्पताल बागलुङ सहयोगमा समाजमा विभित्र कारणले गर्दा मानसिक समस्या भएका ब्यक्तिहरूको निशुल्क स्वास्थ जाँच गरि निशुल्क रूपमा औषधी वितरण गरिएको शिविरमा ४० जनाले सेवा पाएका थिए ।

स्वास्थ शिविरमा धौलागिरि अस्पताल बागलुङका मानसिक रोग बिशेषज्ञ डाक्टर राजन घिमिरेले स्वास्थ जाँच गरेका थिए ।लिड्स नेपालले बागलुङ जिल्लामा संरक्षक कृषि सहकारी मार्फत बौद्विक अपांगका परिवारलाई विभिन्न आयआर्जनका कार्यक्रम तथा सीप मुलुक तालिम संचालन गर्दै आएको छ ।