
बागलुङ / नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठेखोला गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन शनिबार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य ज्ञानुकुमारी श्रीस शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महासंघको प्रथम गाउँपालिका अधिवेशनमा सफलताको शुभकामना कामना नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य नरमाया थापा, पुर्व क्षेत्रीय सचीव केशरबहादुर थापा (केशव)प्रदेश सदस्य गंगाधर शर्मा नेविसंघ बागलुङका पुर्व अध्यक्ष खडकबहादुर थापा, नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका सभापति यामदत्त कंडेल, ३ नम्बर वडाका सभापति टेकबहादुर थापा ( TBT), ४ नम्बर वडाका सभापति बिष्णु आले, ५ नम्बर वडाका सभापति हरिप्रसाद सापकोटा, ७ नम्बर वडाका पुर्व पार्टि सभापति प्रेमबहादुर कार्की र ८ नम्बर वडाका सभापति तथा वडा सदस्य मोमबहादुर पुन ज्युले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
महासंघको प्रथम अधिवेशनले नरबहादुर पुनलाई सभापतिमा सर्वसम्मत चयन गरेको छ । अधिवेशनले मदन श्रीस र मोहनप्रसाद पुनलाई उपसभापतिमा चयन गरेको छ । त्यसैगरी बिष्णुकुमारी थापा र टेकबहादुर थापालाई सचिवमा आकाश गुरुङ र रुद्रप्रसाद प्रधानलाई सहसचिवमा शंकरमान थापा, अम्मरबहादुर थापा, खडकबहादुर थापा र गीता थापालाई सदस्यमा चयन गरेको छ । समितिको बाकी पदाधिकारी सदस्यहरुलाई विधान अनुरुप कार्य समितीले मनोनीत गर्ने भएको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठेखोला गाउँपालिकाका संयाेजक लालबहादुर शेरचन (तारा) को अध्यक्षता नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य गंगा थापा ‘भिक्षु’काे स्वागत मन्तव्य नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका सचीव प्रेम थापा ‘सन्देह’काे सञ्चालन सम्पन्न भएको थियो ।













