
बागलुङको तमानखाेला गाउँपालिकाले बागलुङ सदरमुकाम निर्माण गर्दै गरेको बिपी स्मृति भवनको लागि गाउँ परिसद बाट जबर्जस्ती एकलौटी रूपमा १४ लाख रूपैयाँ बजेट छुट्टयाइएको भन्दै नेकपा एमाले ,माआेवादी केन्द्र र राष्ट्रिय जनमाेर्चाले एक विज्ञप्ति मार्फत बिराेध जनाएको छ ।
नेकपा माआेवादी केन्द्रका देववहादुर पुन नेकपा एमालेका लिलबहादुर पुन र राष्ट्रिय जनमाेर्चाका रेशमले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरि तमानखाेला गाउँपालिकाकाे पुस २९ गते बसेकाे गाउँ सभामा नेपाली कांग्रेस पार्टी बागलुङको बन्न लागेको बिपी स्मृति भवनको लागि प्रस्तावित बजेट १५ लाख पेश गरेकोमा उक्त प्रस्तावित बजेट माथि माआेवादी केन्द्र बाट निर्वाचित गाउँ सभा सदस्यहरूले बिराेध गर्दा माघ ४ गते बस्ने गरि स्थगित भएकोमा नयाँ प्रस्ताव बनाइ १४ लाख बजेट विनियोजन गरेको भन्दै गाउँपालिकामा तालाबन्दी गरेकोमा साे तालाबन्दी प्रहरी प्रशासनकाे आडमा फाेड्ने काम गरेको भन्दै बिराेध गरेको छ ।
गाउँमा बिकासकाे नाममा आएको बजेट एउटा पार्टी कार्यालय बनाउने नाममा विनियोजन गर्नु सरासर गलत भएको भन्दै एकलौटी रूपमा गरिएको निर्णय तत्काल सच्याउनु पर्ने प्रहरी प्रशासनकाे शक्ति देखाएर गरिएको कामको बिराेध गर्दै संघर्षको कार्यक्रम गरेर अगाडि बढ्ने जनाएको छ ।
आन्दोलनको क्रममा कुनै अप्रिल घटना घट्न गएको खण्डमा त्यसको जिम्मेवार जिल्ला प्रशासन र गाउँपालिका स्वंयम हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।













