जैमिनी नगरपालिकाको नगर प्रमुख बन्न नेताहरूसँग लबिङ गर्दै आकांक्षीहरू

-


     राजनीतिक व्यूरो     
     फागुन २७ गते २०७८ मा प्रकाशित


स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बागलुङका स्थानीय तहमा आगामी नतिजाको जोडघटाउ सुरु हुन थालेको छ । निर्वाचनमा उम्मेदवारी हुन चाहनेले आकांक्षा व्यक्त गर्न थालेका छन् ।

बागलुङ जिल्लाको ४ वटा नगरपालिका मध्य दक्षिण बागलुङको जैमिनी नगरपालिकाको नगर प्रमुख बन्नका लागि नेपाली कांग्रेसबाट वर्तमान नगरप्रमुख इन्द्रराज पौडेलले आफू नगर प्रमुख हुँदा थुप्रै बिकास निर्माणका काम गरेको कतिपय महत्त्वपूर्ण काम अझै अधुरो रहेको हुँदा त्यसलाई पूरा गर्न पनि आफू अझै एक कार्यकालको लागि आकांक्षी बनेको हिडन खबरलाई बताउनु भयो ।

यस्तै यसपटक नगर प्रमुख हुनका लागि नेपाली कांग्रेस जिल्ला सचिव हरिहर शर्मा ,निवर्तमान सचिव नवराज पौडल ,नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश ख का सभापति दलबहादुर श्रीस ,नेपाली कांग्रेस जैमिनी नगरपालिका नगर सभापति प्रेम सापकोटा,नेपाली कांग्रेस जैमिनी निर्वतमान नगर सभापति काशीराम आचार्य ,पूर्व महाधिवेशन प्रतिनिधि हरि आचार्य यसपटकको निर्वाचनमा नगर प्रमुखको आकांक्षी रहेको हिडन खबरलाई बताए ।

अन्य पार्टीबाट आकांक्षी रहेकोहरुको समाचार हिडन खवरले क्रमिक रुपमा पाठक समक्ष प्रस्तुत गर्ने छ ।