
बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा एकादशी ,आैसी ,श्रावण र माघ महिनामा वलि नचढ्ने धार्मिक मान्यता रहेको छ । कालीका मन्दिरमा पुजा गर्न आउदा बाेका हास कुखुरा राँगो वलि नल्याउन सम्पुर्ण भक्तजनहरूलाइ अनुरोध गरेको कालीका गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
देशकाे प्रमुख धार्मिक शक्तिपिठमा आफुले भगवती माता संग गरेको भाकल पुजाकाे लागि दिनहुँ दर्जनौं भक्तजनहरू
माघ महिनामा पनि आउने गरेको तर कालीका मन्दिर बलि चढ्ने परम्परा नभएको हुदा सुसुचित गर्नु परेको अध्यक्ष खड्काले बताए ।
कालीका भगवती मन्दिर श्रावण र माघ महिनामा अरू नियमित पुजा पाठ हुने गरेपनि बलि भने चल्दैन ।अहिले टाढाटाढाका भक्तजनहरूले साे कुराकाे जानकारी नपाउदा बलि फिर्ता लग्नु पर्ने समस्या सृजना भएको छ ।










