सामुदायीक बनमा आगलागी

-


     हिडन खबर    
     माघ १ गते २०८० मा प्रकाशित


बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाका दुई वटा सामुदायीक वनमा आगलागी भएको छ । सोमबार दिउँसोदेखि सामुदायीक बनमा आगलागी भएको हो । आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित बनेका छन् ।

जैमिनी नगरपालिका वडा नं १ र बागलुङ नगरपालिका १२ मा पर्ने सामुदायीक वनमा आगलागी हुँदा जंगल क्षेत्रमा क्षति भएको स्थानीय सुर्य आचार्यले बताए । जलुके तारेभीर सामुदायीक वन, तारेभीर समुदायीक वनसम्म आगो फैलिएको छ ।भिरालो जमिनमा रहेको बन क्षेत्रमा आगो लागेकाले आगो नियन्त्रण गर्न कठिन भएको स्थानीयकाे भनाइ छ सँगै रहेको पल्लो पाखा सामुदायीक बन तथा बस्तिहरुमा आगो प्रबेश गर्ने त्रास रहेको छ आगलागीको कारण खुलेको छैन।