
बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएसंगै स्थानीयतहको निर्वाचनमा निर्वाचन लड्ने आकांक्षी देखिन थालेका छन् ।
गण्डकी प्रदेशको पर्वत जिल्लाको कुश्मा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका ५ जना आकांक्षीले यसपटक पार्टीबाट टिकट पाए निर्वाचन लड्ने तयारी गरेको चर्चा हुन थालेको छ ।
कुश्मा नगरपालिकाका पहिलो नगर प्रमुखको भुमिका सन्तोषजनक रूपमा निभाउन सफल भएको भन्दै आउदो बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा पुनः एकपटक आफ्नो दाबी रहेको नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
कुश्मा नगरपालिकाको उप प्रमुखको जिम्मेवारी राम्रोसँग निभाउन सफल भएको नाताले यसपटक नगर प्रमुख पदमा आफ्नो
दाबी रहने नगर उपप्रमुख सीता काफ्ले लामिछानेले बताउनु भयो ।
यस्तै कुश्मा नगरपालिकाको नगर प्रमुख पदको लागि नेपाली कांग्रेसका उप सभापति डाक्टर चुडामणि शर्मा,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शिव शर्मा अधिकारी,महाधिवेशन प्रतिनिधि बसन्त बहादुर सिके देखिनु भएको छ ।
हिडन खबर राजनीति ब्युरो संगको कुराकानीमा पाचै जनाले पार्टीबाट टिकट पाए निर्वाचन लड्ने बताएका छन् ।












