
स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने कुरा सार्वजनिक भएसंगै उत्तरी पर्वतको जलजलागाउँ पालिकाको नेतृत्व लिनको लागि नेपाली काँग्रेसका ४ जना आकांक्षी देखिएका छन् ।
जलजला गाउँपालिका वर्तमान अध्यक्ष रामकृष्ण मल्ल यसपटक पनि उमेदवार बन्ने तयारीमा छन् । यसपटक गाउँपलिका हाक्न नेपाली काँग्रेसका युवा नेता विप्लव जंङ्ग हमाल ,राजु प्रसाद आचार्य ,जलजला गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष हरि विकास जिसी आकांक्षी रहेको हिडन खबर राजनीति ब्युरो लाई बताउनु भयो ।
नेपाली काँग्रेस जलजलागाउँ पालिकाका अध्यक्ष इन्दु प्रकाश पौडेलले यसपटक हुने स्थानीय तहको निर्वाचनमा सकेसम्म पार्टी भित्र सहमति गर्ने गराउने आफ्नो प्रयास रहने हुदा अहिले भर्खरै भनिहाल्ने बेला नभएको हिडन खबर लाई बताउनु भयो ।
गाँउपालिकाको पहिलो निर्वाचनमा पनि काँग्रेसले अध्यक्ष उपाध्यक्ष र अधिकांस वडा जितेको थियो ।









