
सुजन आचार्य
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उहाँले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेल बिहान सिंहदरबार पश्चिम गेट पुगेर माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गर्नुभएको थियोे ।
आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले सार्वजनिक बिदा दिएको छ ।
यसैगरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०२ आैं जन्मजयन्ती बिबिध कार्यक्रमका साथ बागलुङ सदरमुकाममा मनाइयो ।
बिश्व हिन्दु महासंघ जिल्ला समिति बागलुङको आयोजना
आधुनिक नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०२ आैं जन्मजयन्ती राधाकृष्ण मन्दिरको सभाहलमा मनाइएको छ ।
कार्यक्रम शुरू हुन अगाडि हातमा ब्यानर पृथ्वीनारायण शाह सरकारकाे फाेटाे झण्डा सहित नारा लगाउदै नगर परिक्रमा गरेको थियाे ।कार्यक्रममा बिभिन्न बक्ताहरूले नेपाल राष्ट्र निर्माणमा नेपाल एकीकरण गर्ने सवालमा पृथ्वीनारायण शाहको ठूलाे याेगदान रहेको हुदा यसलाई बिर्सन नहुने धारणा राखेका थिए ।












