
बागलुङ जिल्ला सदरमुकाममा छाडा कुकुरको समस्याका विषयमा नागरिकबाट निरन्तर आउन थालेपछि बागलुङ नगरपालिकाले कुकुर होस्टेलको अवधारण ल्याएकाे ६ महिना बितिसक्दा समेत काम प्रक्रिया अगाडि बढ्न नसक्दा ६ महिनाको बिचमा छाडा कुकुरको टाेकाइ बाट
३ सय भन्दा बढी नागरिक घाइते भइसकेका छन् ।नगरपालिकाले कुकुर राख्ने ठाउँ खाेज्नमै ब्यस्त हुदा आम नागरिक छाडा भतुवा कुकुरको शिकार बनिरहेका छन् ।
बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएकाे प्रचारप्रसार गरेपनि त्यो कुरा कागजमा सिमित
हुन पुगेका छन् ।बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने कुरा सार्वजनिक गरेको ६ महिना बितिसक्दा समेत कार्यक्रम अगाडि बढ्न नसक्दा नगरपालिका भित्र छाडा तथा घर पालुवा कुकुरको
आतंक बाट नगरवासीले सास्ती ब्यहाेर्नु परिरहेको छ ।
धाैलागिरि अस्पताल बागलुङमा श्रावण देखि अहिलेसम्म
छाडा तथा भतुवा कुकुरको टाेकाइ बाट ३३५ जना सेवाग्राही उपचारको लागि आएकोमा मंसिर र पुसमा मात्र १९२ जना कुकुरको टाेकाइमा परेको धाैलागिरि अस्पताल बागलुङका इमर्जेन्सी इन्चार्ज भरत शर्माले बताए ।
नगरपालिकाभित्र छाडा कुकुरका कारण दुर्घटना बढेको तथा छाडा कुकुरले टोकेका घटना बढ्दै गएका कारण छाडा कुकुरलाई नियन्त्रण गर्न कुकुर होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेलाई दिने बागलुङ नगरले नीति लिएको बागलुङ नगरपालिकाकाले बताए पनि त्यो अनुसार काम नभएको स्थानीय एकबहादुर केसीले बताए ।
बागलुङ नगरपालिका भित्र भुसिया कुकुरको समस्या पहिलादेखि जतिल समस्याको रूपमा रहेको कारणले नगरपालिकाकाे १३ आै नगर परिसदले कुकुर हाेस्टेल
खाेल्ने निर्णय गरेर १५ लाख बजेट बिनियाेजन गरेको
अहिले ठाउँको खाेजी भइरहेको बागलुङ नगरपालिकाका
सुचना अधिकारी धन प्रसाद पाेखरेलले बताए ।
नगरपालिकाले कुकुरका लागि छुट्टै निर्देशिका नै बनाइसकेको घरपालुवा कुकुर नगरपालिकामा दर्ता गर्ने, नवीकरण गर्ने, अनिवार्य रेबिजविरुद्धको खोप लगाउने कार्यलाई पशुसेवा शाखाबाट काम गर्ने नीति लिइएको छ । नगरपालिकाले छाडा कुकुरलाई मार्न नपाइने भएकाले उत्पादन घटाउन बन्ध्याकरण गर्ने र कुकुरलाई पालन पोषण गरेर कुकुर होस्टेलमा राख्ने योजना बनाएको थियो ।
जिल्ला सदरमुकाममा छाडा कुकुरको समस्याका विषयमा नागरिकबाट निरन्तर आउन थालेपछि नगरपालिकाले कुकुर होस्टेलको अवधारण लिएको हो । जिल्ला सदरमुकाममा अहिले छाडा कुकुरको तथ्याङ्क सङ्कलनको कार्य पशु शाखामार्फत चलिरहेको सबै छाडा कुकुरलाई जम्मा गरेर पालनपोषण नगरपालिकाले गर्ने र स्थानीयवासीले कुकुर लगेर पाल्न चाहेमा दिनेगरी योजना बनाए पनि त्यो मात्रै योजना सिमित हुन पुगेको छ ।
बागलुङ नगरभित्र बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राख्न नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कुकुर होस्टेल स्थापनाका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ। बागलुङ नगरपालिकाले कुकुर हाेस्टेलकाे लागि वडा नम्बर ४ मा जग्गा ब्यवस्थापन गर्न नसकेपछि अहिले वडा नम्बर ३ मा जग्गा पाएकाे साे जग्गा वडाले सिफारिस गरि पठाएपछि नगरपालिकाले हाेस्टेल खाेल्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।













