
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै स्थानीय तहमा उमेदवार बनी नेतृत्व हात पार्नको लागि एमालेका नेताहरू कम्मर कसेर लागि परेका छन् ।
पर्वत जिल्लाको कुश्मा नगरपालिकाको नगर प्रमुख बन्नको लागि नेपाल कम्यूनिस्ट पार्टी एमाले भित्र अहिलेसम्म ८ जना आकांक्षी देखिएका छन् ।
एमाले जिल्ला सचिव गोविन्द पहाडी उप सचिव शिव पौडेल ,नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी ,प्रदेश सदस्य दुर्गाप्रसाद शर्मा , ,एमाले जिल्ला कमिटी सदस्य केदारनाथ शर्मा , सुवासचन्द्र पौडेल ,एमाले नगर कमिटी अध्यक्ष मीनप्रसाद श्रेष्ठ, नगर उपसचिव किशोर सापकोटाको नाम चर्चामा छ ।
यसपटक नगर प्रमुख पदमा आकांक्षी देखिएका मध्य दुई जना बहालवाला वडा अध्यक्ष हुन । अघिल्लो स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा झिनो मतले पराजित हुनुभएका एमाले गण्डकी प्रदेश सचिवालय सदस्य सुवेदी यसपटक नगरपालिकाको नगर प्रमुख पदमा सशक्त दावेदार रहेको एमाले वृतमा चर्चा छ ।
प्रमुख राजनीति पार्टीहरूले गठबन्धन बनाएर स्थानीय तहको निर्वाचन लड्ने कुरा बताइरहेको बेला एमाले कसरी अगाडि बढ्छ भन्ने कुराको भने केही टुंगो नलागेको एमालेले जनाएको छ ।












