
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे
पुस २८ गते हुने निर्वाचनको लागि २ जना अध्यक्ष पदका
उमेदवारले प्यानल बनाएर चुनावी प्रचारप्रसारमा हिडेका समुहले बागलुङ सदरमुकाममा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरि आफ्नाे समुहलाइ मत मागेका छन् ।
अध्यक्ष पदको लागि उमेदवारी दर्ता गरेका ४ जना मध्य
एमालेका केवी राना मगर र नेपाली कांग्रेसका क्षेत्रीय सचिव जयराम भारीले छुट्टाछुट्टै ठूलो तामझामका साथ पत्रकार सम्मेलन गरि आफ्नो समुह सक्षम रहेको दावी गर्दै भावी योजना अगाडि सारि आम उपभोक्ता लाइ शुद्व खानेपानी खुवाउन प्रतिबद्ध रहेको जनाएका छन ।
बागलुङ सदरमुकामकाे हाेटल पिस प्यालेसमा आयोजीत
कार्यक्रममा अध्यक्ष पदका उमेदवार जयराम भारीले आफ्नो टीम घाेषणा गर्दै भावि रणनीति पेश गरेका थिए ।यस्तै हाेटल पर्वमा आयोजीत पत्रकार सम्मेलनमा अध्यक्षका उमेदवार केवी राना मगरले आफ्नो भावी योजना पेश गरेका थिए ।
संस्थाकाे नयाँ नेतृत्व हात पार्न बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पुर्व अध्यक्ष केवी राना मु
उपाध्यक्ष माआेवादीका रतन प्रसाद श्रेष्ठ सचिवमा एकीकृत समाजवादीका जीवन आचार्य काेषाध्यक्ष कृष्ण राज शर्मा
सदस्य बीरबहादुर थापा ,कुलराज शर्मा र महिला सदस्यमा
कालिका सापकोटा ,हुमादेवी खड्का ,र मन्जु थापा क्षेत्री रहेका छन् ।
यस्तै जयराम भारीकाे नेतृत्वमा उपाध्यक्षमा हरिबहादुर जीसि सचिवमा माआेवादीका निर्मल श्रेष्ठ ,काेषाध्यक्षमा राष्ट्रिय जनमाेर्चाका थानेश्वर सुवेदी ,सदस्यमा नेपाली कांग्रेसका शिव आचार्य ,चन्द्रबहादुर सुवेदी रहेका छन् । महिला सदस्यमा गुमादेवी छन्त्याल ,लक्ष्मी थापा र शिला थापा क्षेत्री रहेका छन् ।
कांग्रेसका सुवास आचार्यले आफ्नो उमेदवारी नभएको भन्दै भारीलाइ समर्थन गरेका छन् । यस्तै एमालेका भुपेन्द्र खड्काले आफ्नो चुनावी प्रचारप्रसार जारी राखेका छन् ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बाट झण्डै ४ हजार जना उपभोक्ताले खानेपानी उपभाेग गरिरहेकाे भएपनि संस्थाका नियम अनुसार १५२८ जना मात्र मतदान गर्ने सदस्य रहेका छन् ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा
खानेपानीको धारा जडान गरि संस्थाको नियम अनुसार आजीवन सदस्य बनेका दर्जनौं सदस्यहरूकाे नाम संस्थाकाे चरम लापरबाहीकाे कारण मतदाता सुचिमा नभएपछि मतदान गर्ने अधिकार बाट बन्चित भएका छन् ।
तत्कालीन अधिवेशनबाट निर्वाचित हरिप्रसाद श्रेष्ठको समितिलाई बागलुङ नगरपालिकाले भंग गरि जयराम भारीकाे संयाेजकत्वमा ६ महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी दिएबमाेजीम यहीँ पुस २८ गते निर्वाचन हुन गइरहेको छ ।















