गलकोट नगरपालिकाको मेयरकालागि काँग्रेसबाट ८ जना आकांक्षी

-


     राजनीतिक व्यूरो     
     फागुन २४ गते २०७८ मा प्रकाशित


स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने भए संगै स्थानीय तहको नेतृत्व लिनको लागि जिल्लामा नेपाली काँग्रेसका नेताहरू सक्रिय भएर लाग्न थालेका छन् ।

बागलुङको ४ वटा नगरपालिका मध्ये गलकोट नगरपालिकाको नगर प्रमुखको लागि नेपाली काँग्रेसका तर्फबाट ८ जना आकांक्षी देखिएका छन् ।

यस अघिको निर्वाचनमा बाम गठवन्धन विरुद्ध एक्लै लढेर चुनाब जितेको काग्रेस भित्र जित हात पार्ने दाउमा आकांक्षीहरुको संख्या धेरै छ ।

मेयरको लागि वहालबाला नगर प्रमुख भरत शर्मा गैरे,उपप्रमुख रेणुका काउचाले उम्मेदवारी दिने बताएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका गलकोट नगर सभापति बीरजंङ्ग भण्डारी ,काँग्रेसका निर्वतमान जिल्ला कोषाध्यक्ष उमेश गौतम,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मन्जेस बम मल्ल ,जिल्ला सहसचिव फम खत्री ,जिल्ला सदस्य मन्जु चालिसे , वडा नम्बर २ का वडा अध्यक्ष याम श्रीसले गलकोट नगरपालिकाको मेयरमा आकांक्षी रहेको हिडन खबर राजनीति ब्यूरो लाई जानकारी दिए ।

गत निर्वाचनमा सजिलोसँग जित हासिल गरेको नेपाली कांग्रेसले यसपटक नेपाल कम्युनिस्ट पार्टी माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको राजनीति गठबन्धन भएको कारणले पनि निर्वाचन ढुक्क संग जित्ने भएको कारणले पनि नगरपालिका हाँक्ने आकांक्षी बढी पेचिलो हिसाबले लागेको देखिन्छ । पार्टीबाट टिकल लिनका लागि नेता भेटभाटमा लागेका छन् ।