जनताको रक्षा गर्ने पार्टी काँग्रेस मात्रै : प्रदेश सभापती शर्मा

-


     हिडन खबर    
     फागुन २३ गते २०७८ मा प्रकाशित


नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले जनताको रक्षा गर्ने पार्टी काँग्रेस मात्रै रहेको बताउनु भएको छ ।
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं। १ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो बताउनु भएको हो ।

जनताको हरेक समस्या बुझ्ने पार्टी काग्रेस भएकोले व्यक्ति व्यक्तिलाई सचेत गराएर अवको चुनवमा लाग्न कार्यकर्ता लाई आग्रह गर्नु भएको छ । देशको विकास गर्ने क्षमता काँग्रेससँग मात्र भएको भन्दै देशका अधिकाशं विकासका काम र महत्वपुर्ण कार्यहरु काँग्रेसकै नेतृत्वमा सफल भएका कारण देशको विकास गर्ने क्षमता पनि काँग्रेस सँगै रहेको बताउनु भयो ।

बागलुङ जिल्लाभरी नै संचालन भएको जनतासँग नेपाली काँग्रेस अभियान देशकै नमुना कार्यक्रम रहेको बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश उप–सभापती कल्पना तिवारीले आगामी स्थानिय तहको निर्वाचनमा कसरी हुँन्छ आफ्नो पक्षमा जिन्ने गरी संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।

उहाले सवल र सक्षम काँग्रेस निर्माणका निम्ती अहिले संचालन भएका अभियानले थप सार्थकता पाउनेमा विश्वस्त रहेको बताउनु भयो । तिवारीले स्थानिय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मत पार्नका निम्ती आफ्ना धारणा सहित गाउँ गाउँमा पुगेर जनतालाई बुझाउन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा हालै मात्र गण्डकी प्रदेश समितिको सदस्य पदमा मनोनित शकुन्तला शर्मा, आमन्त्रीत सदस्यमा मनोनित धुव्र गौतम र भुवानी प्रसाद कंडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सदस्य शकुन्तला शर्मा, धुव्र गौतम, क्षेत्र नं. १ प्रदेश सभा (ख) का सचिव बालकृष्ण शर्मा र बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले क्षेत्रीय समितिले स्थापना गरेको ५० लाखको अक्षयकोषका निम्ती २५ हजार रुपैयाँका दरले क्षेत्रीय सभापतिलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रम काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता, सचिव जयराम भारीको स्वागत र सचिव गोविन्द बहादुर पौडेल ‘गोपाल’को संचालनमा सम्पन्न भएको थियो ।