
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसंगै नेपाली कांग्रेस पार्टीबाट नेतृत्व हात पार्नको लागि यतिबेला डौडधुप शुरू भएको छ ।
काँठेखोला गाउँपालिका को अध्यक्षको लागी नेपाली कांग्रेसका १० आकांक्षी देखिएका छन् ।
गाँउपालिकाको अध्यक्षको लागि नेपाली कांग्रेसका जिल्ला सहसचिव ज्ञान कुमारी शर्मा श्रीस ,नेपाली कांग्रेसका युवा नेता राजु थापा, काँठेखोला गाउँपालिकाका वडा नम्वर १ का वडा अध्यक्ष खडक थापा , ५ का वडा अध्यक्ष शिव कडेल , निवर्तमान क्षेत्रिय सभापति होम बहादुर हमाल ,नेपाली विद्यार्थी बागलुङका पुर्व जिल्ला अध्यक्ष महेन्द्र प्रसाद कडेल , नेपाली कांग्रेसका निर्वतमान जिल्ला सचिव ,चित्रबहादुर कार्की ,नोपली काग्रेस गण्डकी प्रदेश समितिकाआमन्त्रीत सदस्य ,भुवानी प्रसाद कँडेल , प्रदेश अधिवेशन प्रतिनिधि नरेश कँडेल, परमानन्द कँडेल काँठेखोला गाउँ पालिकाको अध्यक्ष पदको लागि आकांक्षी देखिएका हुन ।
गत स्थानीय निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेस यसपटक भने जसरी पनि निर्वाचन जित्ने रणनीतिका साथ अगाडि बढेको कारण यसपटक युवा पुस्ताका धेरै अध्यक्ष पदका आकांक्षी देखिएको नेपाली कांग्रेसका युवाहरूको धारणा छ । यसपटकको निर्वाचनमा अध्यक्ष हुनको लागि आआफ्नो ढंगले लबिङ समेत शुरू गरिसकेका छन् ।
यस पटकको निर्वाचनमा नेपाली कांग्रेस नेकपा माआेवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बिच गठबन्धन हुने कुरा राजनीति वृत्तमा चलेपछि यसपटक निर्वाचन सजिलोसँग जित्ने संभावना बढेपछि गाउँ पालिका हाँक्नको लागि धेरै आकांक्षी देखिएका छन् ।












