
कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रसाशन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार करिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम खण्डको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडक खण्ड चैत १५ गतेसम्म दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ देखि ११ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म बन्द गर्ने निर्णय गरेको जनाईएको छ ।









