
बागलुङको बडिगाड गाउँपालिका–५ दाँग फेदीमा एक घरमा आलगाली हुँदा लाखौं मूल्य बराबरको धनमालकाे क्षति भएको छ ।
फेदीका स्थानीय तारापती घिमिरे (देविराम) को घरमा आगलागी हुँदा लाखौं रुपियाँ बराबरको धनमालकाे क्षति भएको हो ।
बुधबार राति अन्दाजी १२–३० बजेको समयमा आगलागी हुँदा नगद २० हजार सहित अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत घरमा रहेका सम्पूर्ण सामान जलेको घरधनी देविराम घिमिरेले बताए ।
घटनास्थल पुगेको खार प्रहरीचौको टोलीले क्षतिको विवरण संकलन गरिरहेकाे छ ।
मध्यरातमा मानिस सुतिरहेको समयमा के कारणले आगलागी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरी चौकी खारका प्रमुख देवेन्द्र दर्लामीले बताए ।
आगलागीको खबर पाए लगत्तै घटनास्थल आउनुभएका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले भने ‘घटनामा अराजक सोचका साथ कसैले लगायतको जस्तो देखिन्छ, यस्तो जघन्य अपराधको अनुसन्धानका लागि स्थानीयको सहयोग आवश्यक रहेको बताए ।
स्मरण रहोस् गत जेष्ठमा सोही परिवारले ५ मुरी खेतमा लगाएका मकै गोडिएको थियो तर उक्त घटनाको दोषी भने पत्तालगाउन सकिएको थिएन ।
फेरि सोही परिवारलाई लक्षित गरि आगलागी हुनुले कसैले रिसिभि कै कारण घटना घटाएको हुनसक्ने स्थानीयले बताएका छन ।










