
बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लाका विभिन्न स्थानीय तहहरुमा उमेदवार बन्नका लागि चर्चा परिचर्चा शुरू हुन थालेको छ ।
जिल्लाको सदरमुकाम सँग जोडिएको काँठेखोला गाउँपालिकाको अध्यक्ष पदमा उमेदवार बन्नका लागि नेकपा एमालेबाट ५ जना आकांक्षी देखिएका छन् ।
गाउँपालिकामा स्थानीय तहको पहिलो कार्यकालमा अध्यक्ष भएर गाउँपालिका हाँकेका अमर बहादुर थापाले पुन दोस्रो कार्यकालमा पनि आफ्नो बलियो उम्मेदवारी रहेको दावी गरेका छन् ।
हिडन खबर राजनीतिक ब्युरोसँग कुराकानी गर्दै थापाले आफु नेतृत्वको पहिलो कार्यकालमा सुरु गरिएका वहु बर्षीय योजनाहरु लाई पुर्णता दिने जिम्मेवारी आफ्नो काँधमा रहेको भन्दै आगामी चुनावको एक कार्यकाल पार्टिले पुनःअवसर दिएमा नमुना गाउँपालिका बनाउने बताउनु भयो।
गाउँपालिका हाक्ने अर्का उम्मेदवारमा गाउँपालिकाका सफल वडाध्यक्षको रुपमा परिचित वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामिछाने देखिएका छन् । वडा अध्यक्ष भएर काम गर्दा जनताका समस्या नजिकबाट बुझेकोले अव पालिकाको अध्यक्षमा भएर जनताको काम गर्ने चाहना अनुरुप पालिका अध्यक्षमा उम्मेदवारी दिने लामिछानेले बताउनु भयो ।
पाललिकाको अध्यक्षको दावी गर्नेमा नेकपा एमाले काठेखोला गाँउपालिका अध्यक्ष दिलबहादुर कार्की, नेकपा एमालेका गण्डकी प्रदेश सदस्य खिमानन्द कंडेल र महिला नेतृ एवं नेकपा एमाले प्रदेश कमिटी सदस्य हुमा कुमारी जिसी (अन्जु)ले यसपटकको निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्ने आ-आफ्नो दाबी गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेले राप्रपा र राजमो बिच चुनावी तालमेल गरेर नेतृत्व हातपारेको थियो भने यसपटक अन्य दलसँग तालमेल गर्ने वा एकल रुपमा चुनावी मैदानमा जाने भन्ने स्पष्ट भएको छैन ।












