हार्डवेयर गोदाममा भीषण आगलागी

-


     हिडन खबर    
     फागुन २२ गते २०७८ मा प्रकाशित


तनहुँ जिल्लाको दमौलीस्थित एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार विद्युत् लाइन सर्ट भएको भुपाल हार्डवेयरमा आगलागी भएको बताइएको छ ।

हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको स्थानीयले बताएका छन् । अहिले आगो नियन्त्रणको प्रयास जारी रहेको भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालल बताए ।

सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ । अर्यालका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।