
सरकारले मुलुकभित्र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।
पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने ढंगले टिकटिक बनाउन थालेपछि सरकार प्रतिबन्ध लगाउने निर्णयमा पुगेको सरकारका प्रवक्ता सुचना तथा प्रविधि मन्त्रि रेखा शर्माले बताए ।
यसअघि भारत, अफगानिस्तान, ताइवान, अष्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, नेदरल्यान्ड्सलगायत मुलुकले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ ।
नेपालमा पनि टिकटक मार्फत मनपरि ढंगले राजनीति गालिगलाेज गर्नुका साथै सामाजिक सद्भाव खलबलाउने गतिविधि हुदै आएको थियो ।










