
सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने तयारी गरेपछि सत्तारूढ दल नेपाली कांग्रेस पार्टीकाे ध्यान निर्वाचनमा जान थालेको छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहितकाे संयुक्त गठबन्धन हुने छनक भएपछि यसपटकको स्थानीय तहमा
सजिलोसँग बाजि मार्न सकिने भन्दै बागलुङ नगरपालिकाकाे मेयर बन्नकाे लागि ठूलो रस्साकस्सि चलिरहेको हो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि बागलुङ नगरपालिककाे नगर प्रमुख पदमा उमेदवार बन्न नेपाली कांग्रेसमा झण्डै एक दर्जन नेता आकांक्षी देखिएका छन् ।
बागलुङ नगरपालिककाे नगर प्रमुख पदमा उमेदवार बन्न नेपाली कांग्रेस गण्डकी प्रदेशका काेषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, निर्वतमान जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, महाधिवेशन प्रतिनिधि जगदीशचन्द्र उपाध्याय, नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्य, क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा, नगर सभापति उमाकान्त शर्मा बाबु, नेपाल महिला संघका जिल्ला सभापति शकुन्तला शर्मा, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी गाैतम, महाधिवेशन प्रतिनिधि कल्पना हमाल पाठक र बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण पाैडेल मेयर पदको लागि आकांक्षी देखिएका छन् ।












