पर्यटकीय नगरि रत्नेचौरमा सप्ताहव्यापी धार्मिक महोत्सव हुने

- महोत्सव सञ्चालन फागुन २३ देखि ३० सम्म

-


     हिडन खबर    
     फागुन २१ गते २०७८ मा प्रकाशित


पछिल्लो समय तोरीबारिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको बेनी नगरपालिका–१ रत्नेचौरमा धार्मिक महोत्सवको आयोजना गरिने भएको छ ।

रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रम परिसरमा रहेको श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० सम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ सञ्चालन हुने महोत्सव आयोजक समितिका अध्यक्ष नेत्र बहादुर महतले बताउनुभयो। “लक्ष्मीहरि मन्दिर स्थापनाको २५औं रजत जयन्ती एवं संस्थापक जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको १०० बर्ष पुग्नु भएको अवसरमा अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ स्वरुप धार्मिक महोत्सव आयोजना गरिएको छ” महत भन्नुहुन्छ ” महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री ज्युबाट फाल्गुन २३ गते हुँदैछ त्यसैले सबैलाई महोत्सवको दर्शन गर्न निमन्त्रणा गर्दछु ।

हिडन खबर सँगको कुराकानीमा महोत्सव आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीका अनुसार उद्घाटन कार्यक्रममा साँस्कृतिक झाँकी सहित हेलिकप्टर मार्फत पुष्पवृष्टि गरिने छ ।

रत्नेचौरलाई धार्मिक आकर्षक केन्द्रको रुपमा विकास गर्न मन्दिरको विकास अनिवार्य रहेको र धार्मिक महोत्सवले मन्दिरको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने आयोजक समितिका बरिस्ठ उपाध्यक्ष समेत रहेका बेनी नगरपालिका-१ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

आगामी सोमबारदेखि ७ दिन सम्म सञ्चालन हुने धार्मिक महोत्सवको तयारीका लागि १५१ सदस्यीय समिति समेत गरिएको अध्यक्ष महतको भनाइ रहेको छ ।

यसअघि समयमा आयोजित महायज्ञबाट मन्दिर परिसरमा धर्मशाला लगायत विभिन्न भौतिक संरचना निर्माण गरिएको थियो।
महोत्सवबाट संकलन हुने रकम मन्दिर लगायत रत्नेचौको समग्र धार्मिक पर्यटन पूर्वाधार निर्माणमा प्रयोग गरिने आयोजक समितिले जनाएको छ ।