
बागलुङ,राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरीडोर नेपालीको भाग्यरेखाका रुपमा रहेको भनियपनि समयमा काम नहुदा बागलुङका जनतामा निरासा पैदा गरेको छ । भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कको रुपमा स्थापित हुने गरि काम अगाडि बढेपनि करिडोर बनेपछि लामो समय देखि बन्द रहेको बलेवा विमानस्थल संचालन हुने आसमा रहेका बागलुङवासीको आसा वर्षौ देखि ज्युकातिउ छ । करिडोरको काम अगाढी बढेपछि वलेवा बिमानस्थल कालोपत्रे भएको पनि दुई बर्ष पूरा भइसकेको छ तर मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको सडक कालोपत्रे नहुदा हवाई सेवा संचालन हुन सकेको छैन ।
नेपालको दुईवटा छिमेकी राष्ट्र चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालेपत्रे समयमा हुन नसक्दा बागलुङको बलेवा विमानस्थल दुई वर्ष देखी अलपत्र परेको छ । चालु आर्थिक वर्ष भित्रै कालोपत्रे सुरु गर्नेगरी कालीगण्डकी करिडोरको बागलुङखण्डमा कालोपत्रे गर्ने काम अगाडि बढेको भएपनि कामले गति लिन भने सकेको छैन ।
कालीगण्डकी कोरीडोरको बागलुङ खण्डमा ट्रयाको काम सकेर कालोपत्रे गर्नेका शुरू भएको एक वर्ष पूरा भइसकेको भएपनि सडको थुप्रै पुर्वाधारका काम वाकीनै रहेको देखिन्छ । अव म्याद सकिन एक वर्ष बाकी रहदा सम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको भएपनि अब एक वर्ष भित्र मालढुंगादेखि बलेवा एयरपोर्ट सम्म कालोपत्रे हुने स्थानीय जनप्रतिनिधिले बताए ।
मालढुंगा देखि बलेवा बिमानस्थल सम्मको १० किमि सडक कालोपत्रे गरेर बलेवा बिमानस्थल चलाउन सकेको खण्डमा यश क्षेत्रमा पर्यटक भित्र्याउन मद्दत पुग्ने होटल ब्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए ।
ठेक्का प्रक्रिया अगाडि बढाइ बजेट बिनियोजन गरेको, निर्माणकार्य छिटोभन्दा छिटो गर्न गराउनका लागि दबाब दिइरहेको भएपनि काम गर्ने तौर तरिकामा ढिलाइ भएको बागलुङका संघीय सांसद देवेन्द्र पौडेलले बताए ।
कालीगण्डकी कोरिडोर बलेवा एयरपोर्ट सम्मको खण्ड छिटोभन्दा छिटो कालोपत्रे गर्न ताकेता गरिरहेको र सबै क्षेत्रबाट त्यो प्रयास जारी रहेको भन्दै कालोपत्रेको काम सकेमा बलेवा बिमानस्थल संचालन गर्न मद्दत पुग्ने गण्डकी प्रदेशका उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले बताए ।
चालु आर्थिक वर्षमै कालोपत्रेको काम सुरु हुने गरी हर्मिचौरदेखि बलेवा विमानस्थल र बलेवा विमानस्थलदेखि मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आव्हान गरिएको कालीगण्डकी करिडोरको कामको ठेक्का लिएको निर्माण कम्पनी कालीका कन्ट्रक्सन र खड्का कृष्ण बिएम जेवीले काम गरिरहेका छन् । अहिले निर्माण भइरहेको काम ३५ प्रतिशत सम्पन्न भएको र बाकी काम पुस मसान्तसम्म सम्पन्न हुन कालीगण्डकी कोरीडोर आयोजना कार्यालयको दावी छ ।
बागलुङ मालढुंगा देखि बलेवा बिमानस्थल सम्मको १० किलोमिटर सडक ८४ करोडको टेण्डर भएकोमा ५३ करोडमा खड्का कृष्ण जेवीले लिएको छ भने । बलेवा बिमानस्थल देखि हर्मिचौरसम्म ४५ किलोमिटर सडक ४ अर्बको टेण्डर भएकोमा कालीका कन्ट्रक्सनले ३ अर्बमा ठेक्का कबुल गरेको छ ।
करिडोर कालेपत्रे भएपश्चात बन्द अवस्थामा रहेको बागलुङको बलेवा विमान स्थलबात नियमित उडान हुनुका साथै बागलुङ लगायत आसपासका जिल्लाको व्यापारीक चहलपहल थप बढ्ने विश्वास लिइएको छ । अहिले विमानस्थल कालेपत्रे भएको दुई वर्ष भन्दा बढी बितिसकेको छ तर सडक कालोपत्रे नहुदा विमानस्थल संचालन हुन सकेको छैन । करिडोर कालोपत्रे सम्पन्न भए बागलुङ, म्याग्दी, र मुस्ताङ्गमा भारतीय र लुम्वीनिमा चिनियाँ पर्यटकको आगमन वढ्ने देखिन्छ ।














